कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक

पाेखरा | फागुन २६, २०७९

कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक

पोखरा:  जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८÷२०७९को  कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको  नतिजा  सार्वजनिक गरेको छ।

 

सोमबार एक विशेष सार्वजनिकरण  कार्यक्रमको आयोजना गरि सो नतिजा सार्वजनिक गरिएको  हो ।

 

सो मूल्यांकनको आधारमा अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले  ५३ र पोखरा महानगरपालिकाले ४३ अंक प्राप्त गरेका छ्न। 

 


 मुल्यांकनको कार्यविधी अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पुर्णाकको मुल्यांकन गर्ने गरिन्छ ।


 
 सार्वजनिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला  समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना  गरेर नतिजा सार्वजनिक गरिएको भन्दै  सबै क्षेत्रमा कास्कीका  पालिकाहरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे।

 

 पौडेलले  समृद्ध कास्कीका लागि सबै राजनितीक दल ,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा   युद्धस्तरमा  बित्तिय सुसासनका काममा खटिन आग्रह गरे ।

 

 समिक्षा कार्यक्रममा  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे ,  मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिब रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ ,कोष  तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित  कास्किका जिल्ला समन्वय अधिकारी नबराज बराल , माछापुच्छ्रे गाउँपालिकाका उप प्रमुख सीता अधिकारी  र कास्कि पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत सहित सो विषय सम्बन्धि फोकल पर्सन कर्मचारीहरूको उपस्थिति रहेको थियो।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्